२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

दिदीबहिनीलाई सर्पले डस्याे, एकको मृत्यु, अर्की घाइते

- विशेष खबर बुधबार १७, असोज २०८० ०८:३०

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । 

सर्पदंशका कारण एक जनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो । 

गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा तीन वर्षीया रीतिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना नेत्रबहादुर रानाले जानकारी दिए । इशिकाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । 


प्रतिकृया दिनुहोस