२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

दुध बाेक्ने गाडी पल्टिँदा एकको मृत्यु

- रासस बुधबार १७, असोज २०८० ०४:५०

दुध बाेक्ने गाडी पल्टिँदा एकको मृत्यु

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बुधबार बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो । 

 बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्‍याउँदा हेटौंडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिए । उनका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रका बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखा प्रमुख वीरेन्द्र समालसहित हेटौंडा जाँदै गर्दा उक्त गाडी खसेकाे देखेपछि प्रहरी चौकीमा जानकारी गरी उद्धारमा खटिएको बताए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौंडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।


प्रतिकृया दिनुहोस