२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

- विशेष खबर बुधबार १७, असोज २०८० ०३:१५

विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

नयाँ दिल्ली । भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । 

मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो ।

वाकवाकी लाग्ने, पेट दुख्ने र वान्ता भएको गुनासो गरेपछि १८ देखि २५ वर्ष उमेर समूहका ती विद्यार्थीलाई मङ्गलबार तत्काल सरकारी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका सुपरिटेन्डेन्टका अनुसार गम्भीर अवस्थामा रहेका एक विद्यार्थीलाई भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था स्थिर रहेको छ । 

प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ । 


प्रतिकृया दिनुहोस