२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

एकै दिन कोरोना संक्रमित २७८, मृत्यु हुनेको संख्या ११ पुग्यो

शुक्रबार २३, जेठ २०७७ ०९:४५

एकै दिन कोरोना संक्रमित २७८, मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा २७८ जना नयाँ संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए अनुसार सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो ।

उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताए । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ । थप तीन जिल्लामा सङ्क्रमित देखिएसँगै ६८ जिल्ला पुगेका छन् । उननिको भएर डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको पनि बताए ।


#काेराेना

प्रतिकृया दिनुहोस