२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता

- विशेष खबर बुधबार १७, असोज २०८० १०:४०

टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता

काठमाडौँ । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित तुल्याएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरु पानीको बहावसँगै बगेको आशंका छ ।

बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको छ ।

जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ । 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।

 


प्रतिकृया दिनुहोस