२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू

- विशेष खबर मङ्गलबार १६, असोज २०८० ०१:१७

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू
फाइल फाेटाे

बाँके । बाँकेको नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने भन्दै स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकाे छ ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार कर्फ्यु जारी गरिएको हो ।

मंगलबार नेपालगञ्जमा हिन्दुहरुको समूह प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ ।

ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो । बजार क्षेत्रमा ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

सम्भावित तनावलाई मध्यनजर गर्दै मंगलबार बिहान सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले पदयात्रा समेत निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न अनुराेध समेत गरेकाे थियाे ।   

nepalgunj-1696318149.jpg


प्रतिकृया दिनुहोस