२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

जब भैंँसीले अढाइ ताेलाकाे मंगलसूत्र निल्याे...

- विशेष खबर सोमबार १५, असोज २०८० १२:२०

जब भैंँसीले अढाइ ताेलाकाे मंगलसूत्र निल्याे...

मुम्बइ । भारतको महाराष्ट्रमा पर्ने वशिम जिल्लामा भैँसीले एक महिलाकाे मंगलसूत्र निले पछि अपरेसन गरेर निकालिएकाे छ।

साढे दुई तोलाको मंगलसूत्र निलेपछि भैँसीको अपरेसन गरेर निकालिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

त्यहाँकाे सारसी गाउँमा रामहरि नाम गरेका किसानकी श्रीमतीले नुहाउने क्रममा आफ्नो मंगलसूत्र भटमास र बदामका बोक्रा राखिएको भाँडोमा लुकाएकी थिइन्। नुहाएर फर्किँदा उनले उक्त भाँडाे भैँसीकाे अगाडि राखेर आफू घरकाे अन्य कामधन्दामा लागिन्। धेरैबेर पछि उनलाई आफ्नाे घाँटीमा मंगलसूत्र छैन भन्ने लाग्याे । उनी दगुर्दै बाहिर आइन् तर त्यतिबेलासम्म भाँडाेमा राखिएकाे बदामका बोक्रासँगै भैँसीले मंगलसूत्र पनि निलिसकेकाे थियाे। 

सवा लाख भारू बराबरकाे मंगलसूत्र भैंसीले निलेकाे देखेर आत्तिएकी उनले तुरुन्तै आफ्नो श्रीमानलाई जानकारी गराइन्। उनका श्रीमानले गाउँकै पशुचिकित्सकलाई फोन गरे। डाक्टरको सल्लाहअनुसार भैँसी लिएर भेटेरिनरी पुगे। मेटल डिटेक्टरको सहायतामा डाक्टरले भैँसीको पेटमै मंगलसूत्र रहेको यकिन गरे।

भैँसीले दिसा गरेमा त्यसमै आउँछ कि भनेर एक दिन पर्खे तर नआएपछि डाक्टरले अर्को दिन अपरेसन नै गर्ने निर्णय गरे। दुई घण्टाको अपरेसनपश्चात बल्ल मंगलसूत्र हात लाग्यो। अपरेसनमा ६५ टाँका लगाइएका थिए।


प्रतिकृया दिनुहोस