२०८१ मङि्सर १८ गते मङ्गलबार | 3 December, 2024

ह्वेल माछाले डुंगालाई ठक्कर दिएपछि...

एजेन्सी शनिबार १३, असोज २०८० ११:५७

ह्वेल माछाले डुंगालाई ठक्कर दिएपछि...

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । 

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएकाे जनाएका छन् ।

मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । 

मानवविहीन डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपतकालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए ।

अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा यो दुर्घटना भएको उनीहरूले बताएका छन् ।

सुरक्षा अधिकारीले दुर्घटनाको अनुसन्धान थालेकाे न्यु साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन् । 


प्रतिकृया दिनुहोस