२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

सुनखानीमा पुरिएर ६ जनाकाे मृत्यु, १५ मजदुर फसे

एजेन्सी शनिबार १३, असोज २०८० ११:५०

सुनखानीमा पुरिएर ६ जनाकाे मृत्यु, १५ मजदुर फसे

हरारे । जिम्बाब्वेको एउटा सुनखानीमा ६ जनाको पुरिएर ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुन खानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए ।

तेह्र जना खानी कामदार भने बच्न सफल भएकाे बताइएको छ । खानीमा फसेकाहरूलाई उद्धारको प्रयास भइरहेको छ ।

खानीको भाग के कारणले भत्कियो भन्ने थाहा हुन सकेको छैन भने दुर्घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन । जिम्बाब्वे खानी महासंघले घटनास्थलमा गएर कारण पत्ता लगाउने बताएका छन् । 

सुन, प्लेटिनम र हीराको विशाल भण्डार भएको जिम्बाब्वेमा सुरक्षा मापदण्डको पूर्ण पालना नहुँदा खानी दुर्घटनाहरू सामान्य हुन् ।

सन् २०१९ मा भीषण वर्षासँगै खानीमा बाढी पस्दा धेरै मजदुर डुबेका थिए । 


प्रतिकृया दिनुहोस