२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

हत्या आशंकामा श्रीमान्, ससुरा र देवर पक्राउ

- विशेष खबर बिहिबार ११, असोज २०८० ११:५०

हत्या आशंकामा श्रीमान्, ससुरा र देवर पक्राउ

सर्लाही । सर्लाहीको रामनगरमा अन्तिम संस्कार गर्दै गरेको महिलाको शव नियन्त्रण लिएको प्रहरीले हत्याको आंशकामा मृतकका श्रीमान, ससुरा र देवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

मृतक मनीषा साहका श्रीमान सुनील, ससुरा रामेश्वर र देवर रामबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको हो ।

रामनगर गाउँपालिका १ खैर्वाका सुनील साहकी श्रीमती २१ वर्षीया मनीषाको शंकास्पद मृत्युको सूचना पाएलगत्तै मनुष्मारा खोलामा दाहसंस्कार गर्नै लाग्दा शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको घाँटीमा निलडाम देखिएको छ ।

मृतकका आफन्तले पहिलादेखि नै मनीषामाथि घरेलु हिंसा हुने गरेको दाबी गर्दै हत्याको आशंका गरेका छन् ।

स्थानीयले जानकारी गराएपछि मात्रै घटनाबारे थाहा पाएको भन्दै मृतकका भाइले निष्पक्ष छानबिनको माग राखेका छन् ।प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि थप कारबाही अघि बढाउने जनाएको छ ।


प्रतिकृया दिनुहोस