२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

नेपालमा काेराेना संक्रमित २०९९ पुगे

मङ्गलबार २०, जेठ २०७७ ०४:५४

नेपालमा काेराेना संक्रमित २०९९ पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए ।

मंगलबार संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

त्यसैगरी काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ८ सय २५ जना रहेको छ ।

२४ घण्टामा डिस्चार्ज हुनेमा थप ४५ जना रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २६६ रहेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस