२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

बंगलादेशमा डेङ्गुबाट मृत्यु हुने नौ सय जना नाघे

एजेन्सी सोमबार ०८, असोज २०८० ०१:०२

बंगलादेशमा डेङ्गुबाट मृत्यु हुने नौ सय जना नाघे

ढाका । बंगलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गु सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना  डेङ्ग सङ्क्रमित विरामीको मृत्यु भएको हो ।

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।


प्रतिकृया दिनुहोस