२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

धनगढी जलमग्न, सेती अस्पतालमा पानी पस्दा उपचारमा सकस

- रासस सोमबार ०८, असोज २०८० १२:५५

धनगढी जलमग्न, सेती अस्पतालमा पानी पस्दा उपचारमा सकस
पानी जाने व्यवस्थित निकास नहुँदा बर्षाले जलमग्न भएको धनगढी उपमहानगरपालिका–१ पार्कमोड । तस्बिर : मीन ठकुरी/रासस

सुदूरपश्चिम । आज बिहानको वर्षासँगै कैलालीकाे धनगढी बजार क्षेत्र जलगम्न भएकाे छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।
  
अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको हो । जमेको पानीले बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई आवागमनमा समस्या भएको छ ।
    
वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । बजारका मुख्य सडकमा दुई/तीन फिटसम्म पानी जमेपछि आवागमन असहज बनेको छ ।

अधिकांश सरकारी कार्यालय परिसर जलमग्न बनेका छन् । उपमहानगरपालिका कार्यालयले स्काभेटरमार्फत जमेको पानी निकासको प्रयास थालेको छ । 


प्रतिकृया दिनुहोस