२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

- विशेष खबर सोमबार ०८, असोज २०८० ०८:२१

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै दुर्घटना भएकाे हाे । 

जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।

मृतकको सनाखत हुन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए । 


#दुर्घटना

प्रतिकृया दिनुहोस