२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

क्रिकेट संघकाे अध्यक्षमा चतुबहादुर चन्द सर्वसम्मत

- विशेष खबर शनिबार ०६, असोज २०८० १०:५३

क्रिकेट संघकाे अध्यक्षमा चतुबहादुर चन्द सर्वसम्मत

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुनः निर्वाचित भएका छन् । 

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष विनय राजभण्डारी सहमतिमा अाएपछि चन्द निर्विराेध भएका हुन् । 

उनले चन्दसँग रहेको असमझदारीमा सहमति बनेपछि आफूले नाम फिर्ता लिएको बताए । विनयले सहमति जनाएपछि अध्यक्षमा एक्ला उम्मेदवार चन्द चार वर्षका लागि निर्विराेध निर्वाचित भएका हुन् । 

यद्यपि, अहिले निर्वाचनका लागि मनोनयन प्रकियाकाे समय बाँकी रहेकाले अन्तिम नामावली प्रकाशित हुन बाँकी छ । 

शुक्रबार उद्घाटन भएकाे अधिवेशनकाे शनिबार बिहानबाट निर्वाचन प्रकिया भइरहेकाे हाे । शुक्रबार बालुवाटारस्थित एक पार्टी प्यालेसमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अधिवेशनकाे उद्घाटन गरेका थिए । 

चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति पनि हुन् ।  


#क्रिकेट

प्रतिकृया दिनुहोस