२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

नेपालमा संक्रमित १ हजार ५६७ पुगे

आइतबार १८, जेठ २०७७ ०४:५४

नेपालमा संक्रमित १ हजार ५६७ पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाए ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ सय उन्चास जना रहेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस