२०८१ साउन १२ गते शनिबार | 27 July, 2024

भारतमा निस्सासिएर चार नेपालीको मृत्यु

- विशेष खबर बिहिबार ०४, असोज २०८० ०१:१२

भारतमा निस्सासिएर चार नेपालीको मृत्यु

बैंगलुरू । भारतको बैंगलुरुमा निसास्सिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामास्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका हुन्।

मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका थिए ।

पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडीमा उनीहरूले टिनको भाँडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए ।झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमीले उनीहरूको मृत्यु भएको बताइएकाे छ ।

आइतबार बिहान पोल्ट्रीका मालिकले फोन गर्दा नउठेपछि छिमेकीलाई भनेर हेर्न पठाएका थिए । छिमेकीले घरमा हेर्दा उनीहरू सुतेकै अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन पाेष्टमार्टम भइरहेको जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस