२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

शिक्षक आन्दाेलनले विद्यालय बन्द हुँदा ७० लाख विद्यार्थीको पढाइ प्रभावित

- विशेष खबर बिहिबार ०४, असोज २०८० ०८:४०

शिक्षक आन्दाेलनले विद्यालय बन्द हुँदा ७० लाख विद्यार्थीको पढाइ प्रभावित

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको छ।  

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षक कर्मचारीहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको हो। देशभरका ३४ हजार सामुदायिक विद्यालयमा करिब साढे दुई लाख शिक्षक छन् । विद्यालय बन्द हुँदा ७० लाख बालबालिकाको पढाइ बिथोलिकाे छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका छन्। बुधबारदेखि विद्यालय बन्द गरेर उनीहरूले राजधानी केन्द्रीत कार्यक्रम सुरू गरेकाे हाे । 

बुधबार संविधान दिवसका अवसरमा सार्वजनिक बिदा भए पनि बिहीबारदेखि अनिश्चितकालसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइने महासंघकाे भनाइ छ। 

सरकारकै कारण काठमाडौं आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने महासंघकाे भनाइ छ । बुधबार आन्दोलनको पहिलो दिन ७० हजार हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएकाे र यो संख्या बिहीबार अझै बढ्ने महासंघकाे भनाइ छ।

याे पनि पढ्नुहाेस् 


#शिक्षक

प्रतिकृया दिनुहोस