२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

शिक्षा विधेयकविरूद्ध शिक्षकहरूकाे सडक आन्दोलन

- विशेष खबर बुधबार ०३, असोज २०८० ०३:३३

शिक्षा विधेयकविरूद्ध शिक्षकहरूकाे सडक आन्दोलन

काठमाडाैं । संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सडक आन्दोलन सुरू गरेकाे छ।

बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।

 बुधबार बिहान माइतीघर मण्डलाबाट मार्चपास गरेर बानेश्वर पुगेका थिए । देशभरबाट लगभग १५ हजार बढी शिक्षकहरू आउने अनुमान छ। उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् ।


#शिक्षक

प्रतिकृया दिनुहोस