२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

नेपालमा १४०१ कोरोना संक्रमित

शनिबार १७, जेठ २०७७ ०७:१७

नेपालमा १४०१ कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १८९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १६ देखि ६० वर्षकाउमेरका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु, यहोधराका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।संक्रमितहरु १५ देखि ५० वर्ष उमेरका छन् । कपिलवस्तुकै विजयनगरका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु २६ देखि५२ वर्षका छन् ।

सर्लाहीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४० वर्षका छन् । सिराहाका ११ र सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनुषाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ४२ वर्षका छन् । रौतहटका ६ र महात्तरीका ४ जनामा पनिसंक्रमण पुष्टि भएको छ । यस्तै पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोनासंक्रमण पुष्टि भएको छ ।

दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् । उनीहरु १७ देखि ५० वर्ष उमेरका छन् । दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । बगलाचुलीका २७ देखि ३८ वर्षका ४ जना र हापुरेका ३० वर्षीय पुरुषको कोरोना परीक्षणरिपोर्ट पोजेटिभ आएको हो ।

संखुवासभामा दुई जना संक्रमित भेटिएका छन् । खाँदबारीका २३ वर्षीय पुरुष र पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै झापाका ४५ वर्षीय पुरुष र ललितपुरमा २३ वर्षिया महिलामानसंक्रमक्ण देखिएको हो । हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । हाल क्‍वारेन्टाइनमा १ लाख १० हजार ८८ जना छन् भने आइसोलेसनमा देशभरी१ हजार १ सय ७६ छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस