२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

अमेरिकाद्वारा डब्ल्यूएचओसँगको सम्बन्ध तोड्ने घोषणा

शनिबार १७, जेठ २०७७ ०१:२३

अमेरिकाद्वारा डब्ल्यूएचओसँगको सम्बन्ध तोड्ने घोषणा

 वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।

उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गरेको समाचारमा जनाइएको छ । विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप उनले लगाउँदै आएका थिए ।

राष्ट्रपति ट्रम्पले उक्त संगठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य संगठन असफल भएको आरोप पनि लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले गत महिनामात्र पनि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो– चीनले वर्षेनी विश्व स्वास्थ्य संगठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदै आएको छ तर उक्त संगठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।

उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकरी गराउँदै तर पनि उक्त संगठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए । उक्त संगठनलाई ब्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भए पनि उ असफल भएको आरोप पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए ।

उनले भने– त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य संगठनसँगको सबै खालको नाता तोड्दैछौँ । यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिए ।

अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता राष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त संगठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ । यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त संगठनलाई दोषी देखाएका थिए ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनमा विस्तृत रुपमा सुधार गर्ने भनेको तर पति उक्त संगठनले नमानेको आरोप ट्रम्पको छ । यसअघि पनि उहाँले चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको आरोप लगाउनु भएको थियो ।

अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले विशेषज्ञहरुको टोली चीन पठाउनुपर्ने माग राख्दै आएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य संगठन नै सकारात्मक छैनन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख भन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक संक्रमित छन् ।


प्रतिकृया दिनुहोस