- विशेष खबर आइतबार ३१, भदौ २०८० ०९:०५
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।
अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा तीन अर्ब ५० करोड ३० लाख ९१ हजार रूपैयाँ बिगो दाबी गरिएको छ ।
प्रतिकृया दिनुहोस