शुक्रबार १६, जेठ २०७७ ०९:२६
दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाले लकडाउनमा कडाइ गरेकाे छ ।
शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले शनिबारदेखि अत्यावश्यक सेवाका पसलहरू बिहान ६ बजे देखि ९ बजे सम्म सञ्चालन ल्याउने अन्य पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हाे।
बैठकले जथाभावी हिडडुल गर्नेलाई नियन्त्रणमा लिएर कार्वाही गर्न ईलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई अनुरोध गर्ने निर्णय पनि गरेकाे छ । अन्य मुलुकबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइन राख्ने निर्णय गरिएको नगरप्रमुख अमरसिंह धामीले बताए । गोकुलेश्वर अस्पतालमा पनि शुक्रबारदेखि ओपीडी सेवा बन्द गरिएको छ ।
नगरपालिकाले क्वारेन्टाइनमा राखेकाहरूलाई ओछ्याउने-ओढ्ने कपडा ,खाने थाल, गिलास, जग, साबुन दन्तमञ्जन, ब्रस,चप्पल, तौलिया, एक जनालाई एक डस्टबिन, झुल,चार्जको लागि प्रत्येक कोठामा मल्टिप्लग,सेनिटाइजर, मास्कसहित सातामा एकपटक सञ्चारका लागि प्रतिब्यक्ति ५० रूपैंयाकाे रिचार्ज कार्ड उपलब्ध गराएकाे नगरप्रमुख धामीले बताए । क्वारेन्टाइनका हरेक काेठामा पंखा राखिएकाे उनले बताए ।
क्वारेन्टाइनमा बसेकालाइ बिहान नास्ता, दिउँसाे खाना, खाजा र साँझ खानाकाे ब्यवस्था गरिएकाे र उनीहरूकाे नियमित स्वास्थ्य जाँचकाे ब्वस्था पनि गरिएकाे नगरप्रमुख धामीले बताए ।
नगरकाे सम्पर्कमा अाएका अन्य पालिकाका नागरिकलाइ पनि शैल्यशिखरले चाउचाउ, चिउरा पानी लगायत खाजाकाे व्यवस्था गर्दै अाएकाे धामीले बताए ।
प्रतिकृया दिनुहोस