२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

उत्तर प्रदेशमा दुइ सडक दुर्घटनामा सात जनाको मृत्यु

- विशेष खबर शनिबार ३०, भदौ २०८० १०:५३

उत्तर प्रदेशमा दुइ सडक दुर्घटनामा सात जनाको मृत्यु

मथुरा । भारत उत्तर प्रदेशको मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । उत्तर प्रदेशकै रायबरेलीमा शनिबारै भएको अर्को सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । 

दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा  द्रुत गतिमा हुइँकिएको कारले रोकेर राखेको ट्रकलाई ठक्कर दिँदा कारमा रहेका तीन जना र ट्रक चालकको घटनास्थलमा ज्यान गएको प्रहरी अधिकृत मार्तण्डप्रकाश सिंहले बताएका छन् ।

आफूले रोकेको ट्रकको अवस्थिति निरीक्षण गरिरहेका ट्रक चालकलाई विपरीत दिशाबाट आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

राज्यको अलिगढबाट मथुरा नजिकैको कोकिलावन धाम शनि मन्दिरतर्फ गइरहेका उनीहरू अलिगढका बासिन्दा हुन्भने ट्रक चालक बिहारको छपराका निवासी हुन् । 

प्रहरीका अनुसार रायबरेलीमा भएको दुर्घटनाग्रस्त कारमा पाँच जना सवार थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई जना बालबालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त कारमा दुई जना पुरुष र एक महिला थिए । दुवै दुर्घटनाको अनुसन्धान भइरहेको छ । 


#दुर्घटना

प्रतिकृया दिनुहोस