२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मादक पदार्थ सेवन गरी बुबाको हत्या

- विशेष खबर शुक्रबार २९, भदौ २०८० १२:४६

मादक पदार्थ सेवन गरी बुबाको हत्या

दाङ । मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका-५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।

प्रवक्ता मल्लका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।

छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।


#हत्या

प्रतिकृया दिनुहोस