२०८१ भदौ ३० गते आइतबार | 15 September, 2024

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द

- विशेष खबर बिहिबार २८, भदौ २०८० ०७:०८

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द

बैतडी । बैतडी अस्पतालमा कार्यरत चिकित्सकहरुले आजदेखि बिरोधका कार्यक्रम सुरु गरेका छन्। भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा. प्रशान्त बिडारीमाथि सांघातिक आक्रमण भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै जिल्ला अस्तिाल बैतडीका चिकित्सकहरु पनि आन्दोलित भएका हुन् ।

डाक्टरहरुमाथि भएको आक्रमणको निन्दा गर्दै बैतडी अस्पतालमा कार्यरत चिकित्सकहरुले आज कालोपट्टी बाँधेर विरोध गर्दै स्टेथस्कोप जिल्ला प्रशासन कार्यालयमा बुझाएको डा. धिरज जैसवालले बताए । अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूति नहुँदासम्म बिरामीको चेकजाँच तथा सेवा प्रवाह गर्न नसिकने चिकित्सकहरुले  प्रशासनलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

जिल्ला अस्पताल बैतडीमा शुक्रबार देखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको डा. जैसवालले जानकारी दिए । घटनाका दोषीलाइ कारवाही नभएसम्मका लागि आन्दोलनका कार्यक्रम तय ष्रिएको बिषयमा स्थानीय प्रशासनलाई जानकारी गराइएको उनले बताए ।

आकस्मिक बाहेकका सेवा बन्द रहँदा उपचारका लागि अस्पताल पुग्ने बिरामी भने मार्कामा पर्नेछन् ।


प्रतिकृया दिनुहोस