२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

वुहानबाट फर्किएका सबै नेपाली सुरक्षित छनः स्वास्थ्य मन्त्रालय

बुधबार ०७, फागुन २०७६ ०३:३०

वुहानबाट फर्किएका सबै नेपाली  सुरक्षित छनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जना सुरक्षीत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमुनाहरु परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस नभएको पुष्टि मन्त्रालयले गरेको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोरोना नकारात्मक देखिएको बताए ।

वुहानबाट ल्याइएकाहरुलाई भक्तपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा राखिएको छ । उद्धार गरिएका १७५ जनाको क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

चीनबाट फर्किएका नेपालीहरु कुनैमा पनि संक्रमण नदेखिएकोले त्रसित नहुन मन्त्रालयले आग्रह गरेको छ ।

अहिलेसम्म नेपालमा २ सय १० जनामा कोभिड—१९ परीक्षण गरिएकोमा एक जनामात्रै पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्ति पनि स्वस्थ्य भएर घर फर्किसकेका छन् । 


#कोरोना

प्रतिकृया दिनुहोस