२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

नेपालमा काेराेना संक्रमित १०४२ पुगे, थप एक जनाकाे मृत्यु

बिहिबार १५, जेठ २०७७ ०२:४६

नेपालमा काेराेना संक्रमित १०४२ पुगे, थप एक जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार दिउँसाे एक हजार सय ४२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिए ।

नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।

यसैगरी काेराेना संक्रमणबाट बुधबार थप एक जनाकाे मृत्यु भएकाे छ । ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय पुरूषकाे किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे डा. देवकाेटाले बताए । यसअघि चार जनाकाे मृत्यु भएकाे थियाे ।    


#काेराेना

प्रतिकृया दिनुहोस