२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी

एजेन्सी शनिबार २३, भदौ २०८० १०:५२

मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी

माेराेक्काे । शुक्रबार राति मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३७ पुगेको छ ।  मोरक्कोको गृह मन्त्रालयले शनिबार जनाए अनुसार भूकम्पमा परी कम्तीमा एक हजार २०४ जना घाइते भएका छन् ।

मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । 

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । 

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका सञ्चार माध्यमले बताएका छन् ।

शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । 


प्रतिकृया दिनुहोस