२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

भक्तपुरमा दुइ माेटरसाइकल ठाेक्किँदा २५ वर्षीया युवतीको मृत्यु

- विशेष खबर शुक्रबार २२, भदौ २०८० ११:०५

भक्तपुरमा दुइ माेटरसाइकल ठाेक्किँदा २५ वर्षीया युवतीको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको  मृत्यु भएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने २५ वर्षीया नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत भक्तपुर सुर्यविनायक ८ आदर्श भक्तपुर फ्युल सेन्टर अगाडि जगातीबाट सूर्य विनायकतर्फ जाँदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल र विपरीत दिशा तर्फ आउँदै गरेको प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल एक आपसमा ठाेक्किएर दुर्घटना भएको हो ।

प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल  अनियन्त्रित भई सूर्य विनायकबाट जागातीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११  नं को टेलर गाडीमा समेत ठक्कर खाई सवारी दुर्घटना भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

परिसरका एसपी प्रजित केसीका अनुसार दुवै मोटरसाइकल चालक घाइते भएका छन् । उनीहरूको उपचार  मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।  


#दुर्घटना

प्रतिकृया दिनुहोस