२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

[अपडेट] बाँकेमा राेकेकाे ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ घाइते

- विशेष खबर शुक्रबार २२, भदौ २०८० १०:३३

[अपडेट] बाँकेमा राेकेकाे ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ घाइते

रोकिराखेको ट्रकसंग बस ठोक्किदा ७ जनाको मृत्यु, ३० घाइते 
नेपालगन्ज । बाँकेको शमसेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेकाे संख्या सात पुगेकाे छ । २९ जना घाइते छन् ।  

बाकेको राप्तीसोनारी गाउँपालिका-८ शमसेरगन्जमा शुक्रबार राति सवा नौ बजेतिर दुर्घटना भएको हो । दाङबाट नेपालगन्जतर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किदा दुर्घटना भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले बताए । बसमा चालकसहति ४१ जना सवार थिए ।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारु, साेही ठाउँका बसचालक ४५ वर्षीय जुगबहादुर चन्दकाे मृत्यु भएको हो । अर्का मृतक बसका सहचालक करिब ३५ वर्षीय पुरुषको नामथर खुलेको छैन ।     

घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बसमा सवार यात्रु ठाकुरद्वारास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली दाङमा अवलाेकन गरेर बर्दियातर्फ फर्कँदै गरेको प्रहरीको भनाइ छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको प्रहरीकाे भनाइ छ ।  


#दुर्घटना

प्रतिकृया दिनुहोस