२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

३ हजार जनालाई जर्मन लैजाने भन्दै विभागको नाममा गलत सूचना प्रकाशित

- विशेष खबर शुक्रबार २२, भदौ २०८० ०९:०१

३ हजार जनालाई जर्मन लैजाने भन्दै विभागको नाममा गलत सूचना प्रकाशित

काठमाडौं । जर्मनीले तीन हजार जना सहायक कामदार लैजाने भन्दै वैदेशिक रोजगार विभागको नाममा गलत सूचना प्रकाशित भएको छ । यो सूचना प्रकाशित गर्ने गिरोहको पहिचान भने हुन सकेको छैन ।

मासिक २ हजार डलर पाउने गरी कामदारको भर्ना प्रक्रिया छनोट गर्न आवेदन माग गरेको भन्दै विभागको नाममा भदौ १९ गते सूचना प्रकाशित भएको हो । जसमा ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला कामदार जर्मनीका विभिन्न केन्द्रमा भर्ना गरिने बताइएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल र जर्मनीबीच कामदार लैजानका लागि सम्झौता भइनसकेको बताए । जनमानसमा भ्रम सिर्जना गरी ठगी गर्ने मनसाय देखिएकाले यसको छानबिन गर्न विभागलाई निर्देशन दिइसकेको उनले बताए । 

वैदेशिक रोजगार विभागले जर्मनीमा कामदार पठाउने कुनै आधिकारिक सूचना नभएको भन्दै छानबिन गर्ने प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।

विभागले यो सूचना प्रकाशित गर्ने गिरोह वा संस्थाको पहिचान गर्न प्रहरीको सहयोग लिई छानबिन अगाडि बढिसकेको जनाएकाे छ । 


प्रतिकृया दिनुहोस