२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

सन्दीपको मुद्दामा अभिलेख झिकाउने आदेश

- रासस बिहिबार २१, भदौ २०८० ११:०४

सन्दीपको मुद्दामा अभिलेख झिकाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजसालमा बिहीबार भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


प्रतिकृया दिनुहोस