२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

- विशेष खबर शुक्रबार १५, भदौ २०८० ०७:४५

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर बिहीबार राति भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।


प्रतिकृया दिनुहोस