२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

टिपरको ठक्करबाट डाक्टर यादवको मृत्यु

- रासस मङ्गलबार १२, भदौ २०८० १२:४०

टिपरको ठक्करबाट डाक्टर  यादवको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो । 

डा यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा घाइते भए पछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् । 


प्रतिकृया दिनुहोस