२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

‘आईएमई पे’को ‘विकेट टु विन’ अफर सार्वजनिक

- विशेष खबर शुक्रबार ०८, भदौ २०८० ११:४१

‘आईएमई पे’को ‘विकेट टु विन’ अफर सार्वजनिक

काठमाडौं । एसिया कप क्रिकेट-२०२३ मा नेपालको सहभागिताको खुसीयालीमा ‘आईएमई पे’ ले ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ ।

भदौ ८ देखि १२ गतेसम्म सञ्चालन हुने याे अफर अन्तर्गत सेवाग्राहीले ‘आईएमई पे’ मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा “एसिया कप” प्रोमो कोडको प्रयोग गरी १५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफरमा सहभागी हुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको  निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको कम्पनीले जनाएकाे छ ।  


प्रतिकृया दिनुहोस