२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

सोमबार १२, जेठ २०७७ ११:१०

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ । साेमबार थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ७७ पुगेको हो ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाठ धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका ७२ जनामा संक्रमण पुष्टि भएकाकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहटको राजपुर फरहदवा नगरपालिका र इशनाथ नगरपालिकाका १८ देखि ५३ वर्ष उमेर समूहका २६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराको कलैया र कोटवालीका २ जना पुरुष तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसगरी भेरी अस्पताल, नेपालगन्ज र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ४ पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला, गुराँस गाउँपालिकाका २ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंको टोखाका २ जना पुरुष र बूढानीलकण्ठका एक जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा बाँकेके दुधवा र राप्ती सोनारी गाउँपालिकाका ४ जना पुरुष र बर्दियाको बाँसगढी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाको नगराइन नगरपालिका-३ का ३ जना पुरुष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४, ५ र ६ का ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये १०५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी ३ जनाको मृत्यु भएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस