२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

बुद्धनगरमा भैंसी छरेपछि...

- विशेष खबर बुधबार ०६, भदौ २०८० ०८:३३

बुद्धनगरमा भैंसी छरेपछि...

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाए पछि नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ ।

भैंसीले हान्न सक्ने भन्दै प्रहरीले स्थानीयलाई सजग गराइरहेका छन् । भैंसीले आक्रमण गर्न सक्ने भएकाले निगरानीमा राखिएकाे छ । घाँटीमा दाम्लो झुण्डिएको भैंसी आतंकित जस्तो देखिएर यताउता दौडिरहेको छ । 

बुधबार बिहानै बुद्धनगरमा एउटा भैंसी अनियन्त्रित अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बुद्धनगर र नयाँबानेश्वरको दुई वटा प्रहरी टोलीले भैंसीलाई निगरानीमा राख्दै पछ्याएका हुन् ।  

भैंसी धनी पनि पत्ता नलागेको र धनी पत्ता लागेमा खबर गर्न भनेर वरपरका प्रहरी युनिटहरुमा सर्कुलर गरिएको प्रहरीकाे भनाइ छ । 

यसअघि पनि काठमाडौंमा भैंसी र राँगो बजार पसेर आतंक हुँदै आएकाे थियाे । तीन वर्ष अघि चन्द्रागिरी नगरपालिकामा एउटा राँगाे गाेली हानेर मारेकाे थियाे । 


प्रतिकृया दिनुहोस