२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

सुनको मूल्य प्रतितोला ७७ हजार नाग्याे

बुधबार ०७, फागुन २०७६ ०२:३२

सुनको मूल्य प्रतितोला ७७ हजार नाग्याे

काठमाडाैं,  बुधबार छापावाला सुनको मूल्यले ७७ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

मंगलबार प्रतितोला ७६ हजार ७ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बुधबार ४ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँमा पुगेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधबार बढेर प्रतिऔंस १६ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।


प्रतिकृया दिनुहोस