२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त

मङ्गलबार २८, माघ २०७६ ०६:०५

ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं, सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

हालका आईजीपी सर्वेन्द्र खनाल सहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।

 


प्रतिकृया दिनुहोस