२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

काेराेनाबाट विश्वभर ५३ लाख संक्रमित, ३ लाख ४० हजारको मृत्यु

शनिबार १०, जेठ २०७७ ०१:१७

काेराेनाबाट विश्वभर ५३ लाख संक्रमित, ३ लाख ४० हजारको मृत्यु

जेनेभा (एजेन्सी)। कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ ।

 

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ ।

 

पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ । कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ ।

 

हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१ हजार ११६ को मृत्यु भएको छ । यहाँ एकै दिन ९६६ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस