२०८२ असार १९ गते बिहिबार | 3 July, 2025

आफ्नै संवेदनशील अंग काटेर अस्पताल पुगेपछि...

- विशेष खबर बिहिबार ३२, साउन २०८० ०१:०१

आफ्नै संवेदनशील अंग काटेर अस्पताल पुगेपछि...

हेटाैंडा । आफ्नै संवेदनशील अंग काटेर मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ का एक युवा आफै अस्पताल पुगेका छन्।

मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

हेटौंडा १० बसपार्कमा रहेको फूलबारी होटल एन्ड लजको १ नम्बर कोठामा बसेका हुमागाईंले आफ्नै संवेदनशील अंग काटेपछि घाइते भएका हुन्। गएराति करिब १० बजेतिर घाइते भएका उनी करिब दुई घण्टापछि उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए। उक्त अस्पतालले थप उपचारका लागि भरतपुर पठाएको छ। उनको अहिले भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

 

अनुसन्धानको क्रममा उनी होटलमा एक्लै बसेको पाइएको प्रहरीले जनाएकाे छ । घाइते हुमागाईं उपचारका लागि आफैं अस्पताल गएका थिए। यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


प्रतिकृया दिनुहोस