२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

हिमाञ्चलमा सडक दुर्घटना हुँदा ६ प्रहरी अधिकारीको मृत्यु

- विशेष खबर शुक्रबार २६, साउन २०८० ११:१२

हिमाञ्चलमा सडक दुर्घटना हुँदा ६ प्रहरी अधिकारीको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

हिमाञ्चल राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गासँग ठाेक्किएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।

सरकारी स्रोतले पुष्टि गरे अनुसार दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिकृया दिनुहोस