२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

सुदूरपश्चिममा ५ सहित थप २० जनामा काेराेना, संक्रमितकाे संख्या ५०७ पुग्याे

शुक्रबार ०९, जेठ २०७७ ०४:३३

सुदूरपश्चिममा ५ सहित थप  २० जनामा काेराेना, संक्रमितकाे संख्या ५०७ पुग्याे

काठमाडाैं । थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे संगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जना छन्।

कैलालीका संक्रमितहरुको उमेर १९, २३ र २६ छ । सबै पुरुष हुन् । उनीहरु सबै सरस्वती मावि क्‍वारेन्टाइन जानकी गाउँपालिकामा रहेका थिए । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम–१० डडेलधुराकै हुन् ।

त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् । बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् ।

शुक्रबार बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएको हो । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ७० पुगेको छ । डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४२ हजार ४ सय ८८ परीक्षणहरु गरिएका छन् ।

शुक्रबारको अपडेटमा क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ४३३ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा १ र बाँकेमा १ र गुल्मीमा १ गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म ४० जिल्लामा संक्रमण फैलिइसकेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस