शुक्रबार ०९, जेठ २०७७ ०४:२१
काठमाडाैं । बैतडीमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।
थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ। उनलाइ वैशाख १५ गते पक्राउ गरिएको थियो। संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए।
प्रतिकृया दिनुहोस