- विशेष खबर मङ्गलबार २३, साउन २०८० ११:२५
काठमाडाैं । काठमाडौं उपत्यकामा मंगलबार बिहानदेखि भारी वर्षा भइरहेको हुँदा नदी क्षेत्रमा पानीको सतह बढेको छ ।
नदीमा उर्लँदो भेल बाढी आएको हुँदा ती स्थानका आसपासका बस्ती र सडकमा हिँड्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै वाग्माती, विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको जानकारी दिएको छ ।
ती नदीमा पानीको बहाव खतराको तहमा पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
प्रतिकृया दिनुहोस