२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान ठोक्किदा चारको मृत्यु

बुधबार ०७, फागुन २०७६ १२:३८

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान ठोक्किदा चारको मृत्यु

एजेन्सी,अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ ।

ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् ।


#australia

प्रतिकृया दिनुहोस