२०८२ असार १९ गते बिहिबार | 3 July, 2025

पहिराेले घर बगाउँदा एकको मृत्यु, ६ जना बेपत्ता

- विशेष खबर मङ्गलबार २३, साउन २०८० ११:०९

काठमाडाैं । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका  अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराेले पुरिएको हो । पहिराेमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।

अक्कल बहादुर, उनका   छोरी  शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिराेमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ  ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।


प्रतिकृया दिनुहोस