२०८२ असार १९ गते बिहिबार | 3 July, 2025

तारकेश्वरमा पहिराेले घर पुरिँदा बाबु-छाेरीकाे मृत्यु

- विशेष खबर आइतबार २१, साउन २०८० ०९:४०

तारकेश्वरमा पहिराेले घर पुरिँदा बाबु-छाेरीकाे मृत्यु

काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिराेले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  

तारकेश्वर–५ चो गाउँमा गए राति आएको पहिराेले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिराेले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो ।

सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस