२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

नेपालमा कोरोना संक्रमित ४२७ पुगे

बुधबार ०७, जेठ २०७७ ०४:४२

नेपालमा कोरोना संक्रमित ४२७ पुगे

काठमाडाैं । नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ। बुधबार २५ जना कोरोना संक्रमित थपिएका छन् ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार  थपिएका संक्रमितमध्ये १८ पुरूष  र ७ महिला छन्।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३  र पश्चिम नवलपरासीमा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। बुधबार नै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन्। 


#काेराेना

प्रतिकृया दिनुहोस